☰ open Loading... 20 April 2024|  

दैलेख पर्यटन महोत्सवको पहिलो दिन (फोटो फिचर)
  | २६ चैत्र २०७८, शनिबार २२:०४

 

दैलेख- दैलेखमा पर्यटन महोत्सब आजदेखि सुरु भएको छ।३ बैशाख सम्म दैलेखको काडेचाैउमा चल्ने पर्यटन महोत्सवको पहिलो दिन हजारौ दर्शकहरुले अवलोकन गरेका छन ।महोत्वसको पहिलो दिन शनिबार एक भव्य कार्यक्रमका बीच जिल्ला समन्वय समिती दैलेखका प्रेम बहादुर थापाले उद्घाटन गरेका छन्। भव्य समाहरोकाबीच समन्वय प्रमुख थापाले पानसमा बत्ती बालेर महोत्वसको उद्घाटन गरेका हुन्।

दैलेख पर्यटन महोत्सवमा शनिबार लोक दोहोरी गायीका ज्योति मगर, राजु केसि लगायत स्थानिय कलाकारको प्रस्तुति रहेको थियो ।

महोत्सवमा लोक दोहरी , स्थानीय लोक देउडा तथा नृत्य र साँस्कृतिक कार्यक्रम, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको उजागर र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रम राजनीति दलका प्रतिनिधि,कर्मचारी ,पत्रकार ,व्यपारी,शिक्षक लगायतको सहभागी थियो ।