☰ open Loading... 8 August 2022|   मङ्लबार, साउन २४, २०७९

दैलेखमा गायिका ज्योतीको हंगमा
  |

 

दैलेख ।स्वच्छ सहर निर्माण केन्द्र दैलेखले आयोजना गरेको दैलेख पर्यटन महोत्सवको पहिलो दिन चर्चित गायिका ज्योती मगरले दर्शकलाई आफ्नो प्रस्तुती मार्फत मनोरन्जन प्रदान गरिन ।ज्योती मगरको प्रस्तुती यूवाहरु झुमे । दैलेख पर्यटन महोत्सवमा शनिबार हट मोडल तथा चर्चीत गायिकाको रुपमा पहिचान बनाएकी ज्योती मगरलाई हेर्नेको लागी हजारौं दर्शकको भिड लाग्यो ।

ज्योतीको पर्खाइमा रहेको दर्शकहरु ज्योती मगर स्टेजमा आइपुग्दा दर्शकहरुको भिड थाम्न आयोजकलाई हम्य–हम्य पर्यो । बिशेषत् केटीहरु भन्दा केटाहरुको बाग्लो उपस्थिती रहेको उक्त समयमा ज्योतीले आफ्ना गीतसंगीत प्रस्तुत गरिन् ।

 

ज्योती मगरले सुर्खेत बुलवुले ताल ,उही मुलाको सिन्की उहीमुलाको चाना, ढाडे विरालो, जिम्मल बाउकी छोरी, लगायतका प्रस्तुतीहरु प्रस्तुत गरिन । हट गायिकाको रुपमा चिनिने ज्योती मगरले आफ्नो प्रस्तुती दिइरहदा महोत्सवमा उपस्थित दर्शकहरुले संगै गित गाउदै नाचेर साथ दिएका थिए ।

 

जिल्लाको पर्यटन प्रवर्द्धनका लागि आयोजनामा गरिएको दैलेख पर्यटन महोत्सवमा लोक दोहोरी , स्थानीय लोक देउडा तथा नृत्य र साँस्कृतिक कार्यक्रम, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको उजागर र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव गरिएको आयोजकले जानकारी दिएको छ।

!-- .entry-content --> प्रकाशित मितिः आइतवार, चैत्र २७, २०७८     6:33:54 AM