काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन् ।
देशको ढुकुटीमा विदेशी मुद्रा घटिरहेको बेलामा विलासिताका सामान आयात गर्नु हुँदैन भन्दा गभर्नरलाई कारबाही स्वरुप निलम्वन गरिनु गैर जिम्मेवारी भएको उनले बताए ।
नियुक्तिमाथि पनि कोइरालाको प्रश्न
नेता कोइरालाले सरकारले अहिले गरेका नियुक्तिहरुमाथि पनि प्रश्न गरेका छन् । उनले सरकारले राजदूतहरुमा गरेको नियुक्ति संविधानबिरुद्ध भएको र त्यसमा समावेशी नभएको बताए ।
नेता कोइरालाले भने, ‘अहिले जुन नियुक्तिहरु भएको छ, राजदूतको नियुक्ति भएको छ, व्यक्तिमा म जान्न, तर संविधानको खिलाफ भएको छ कि, छैन भनेर तपाईंहरुले हेर्नुपर्छ । समावेशी भयो त त्यो ? मलाई त लाग्दैन, समावेशी भयो भनेर । २० जना राजदूत नियुक्ति गर्दा समावेशी भएको देखिँदैन ।’