☰ open Loading... 25 January 2025|  

एनएमबी बैंकद्वारा सरसफाई
  | ४ बैशाख २०७९, आईतवार ०५:१३

एनएमबी बैंक शाखाको अगुवाईमा धार्मीक पर्यटकीय स्थल काँक्रेविहारमा सरसरफाई गरिएको छ। हरेक हुने वर्ष विश्व सम्पदा दिवसको अवसरमा बैंकले काँक्रेविहारमा सरसफाई गरेको हो।

दिवसको अवसरमा बैंकले प्रभावफेरी गर्नुका साथै सम्पदाहरुको सरसफाई गर्ने कार्य गरिएको हो। सामाजिक कार्य अन्र्तगत विश्व सम्पदा दिवसको अवसरमा सरसफाई तथा प्रभातफेरी कार्यक्रम गरिएको एनएमबी बैंक कर्णाली प्रदेश एरिया मेनेजर मित्रराज प्याकुरेलले बताए।

२६ वर्षदेखि बैंकिङ्ग सेवा सुविधासहित काम गर्दै आएको एनएमबी बैंक सामाजिक क्षेत्रमा काम गर्दै आएको एक अग्रणी बैंक हो। नेपालमा पनि प्रकृती संरक्षण, पर्यटन, संस्कृती, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने निकायहरुले विभिन्न कार्यक्रम गरी विश्व सम्पदा दिवस मनाउँदै आएका छन्।