☰ open Loading... 26 January 2025|  

स्वास्थ्य प्रमुखलाई दुर्व्यवहार गर्नेहरु पक्राउ
  | ११ बैशाख २०७९, आईतवार ०५:२७

जाजरकोट — स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई गत ३० फागुनमा कार्यकक्षमै कालोमोसो र जुत्ताको माला लगाउने नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् ।

 

शनिबार बिहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको जाजकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार भेरी–१ पिपे घर भएका युवा संगठनको अध्यक्ष ३१ वर्षीय डिलबहादुर राना, कुसे गाउँपालिका–५ घर भइ युवा संगठनका इन्चार्ज २६ वर्षीय गोविन्द चन्द र भेरी नगरपालिका–७ घर भइ अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र सिंह पक्राउ परेका हुन् ।पक्राउ परेकाहरूमाथि प्रमुख जैसीलाई विभिन्न आरोप लगाउँदै कार्यकक्षमै जुत्ताको माला र मोसो दलेको आरोप लागेको छ ।