☰ open Loading... 18 January 2025|  

एक हजार ९८३ जनाले दर्ता गराए उम्मेदवारी
  | १४ बैशाख २०७९, बुधबार ०५:१३

दैलेख  :  वैशाख ३० मा हुने स्थानीय तह सदस्य निर्वाचनका लागि दैलेखका ११ स्थानीय तहमा राजनैतिक दल र स्वतन्त्र गरी एक हजार हजार ९८३ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार दैलेखका चार नगरपालिका र सात गाउँपालिका मेयर देखी वडा सदस्य सम्म एक हजार ९८३ जनाको उम्मेदवारी परेको हो ।

निर्वाचन कार्यालय दैलेखका अनुसार आठबिस नगरपालिकाको प्रमुखमा सात जना,उपप्रमुखमा सात जना,वडा अध्यक्षमा ५५ जना,खुल्ला सदस्यमा ८१ जना दलित महिला सदस्यमा ३५ जना र महिला सदस्यमा ३५ जना गरी दुई सय २० जनाको उम्मेदवारी दर्ता भएको छ । गुराँस गाउँपालिका अध्यक्षमा नौ जना उपाध्यक्षमा छ जना वडा अध्यक्षमा २८ जना,खुल्ला सदस्यमा ५१ जना दलित महिला सदस्यमा २२ जना र महिला सदस्यमा २० जना गरी एक सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै चामुण्डाबिन्द्रासैनी नगरपालिकाको प्रमुखमा छ जना,उपप्रमुखमा सात जना,वडा अध्यक्षमा ५६ जना,खुल्ला सदस्यमा ८६ जना दलित महिला सदस्यमा ३७ जना र महिला सदस्यमा ४४ जना गरी दुई सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ । ठाटिकाँध गाउँपालिका अध्यक्षमा आठ जना उपाध्यक्षमा चार जना वडा अध्यक्षमा ३७ जना,खुल्ला सदस्यमा ५३ जना दलित महिला सदस्यमा २८ जना र महिला सदस्यमा २७ जना गरी एक सय ५७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

डुगेश्वर गाउँपालिकाको अध्यक्षमा छ जना उपाध्यक्षमा सात जना वडा अध्यक्षमा २५ जना खुल्ला सदस्यमा ३९ जना महिला सदस्यमा १८ जना र दलित महिला सदस्यमा १५ जना गरी एक सय १८ जनाको उम्मेदवारी दर्ता भएको छ । दुल्लु नगरपालिकाको प्रमुखमा आठ जना उप प्रमुखमा नौ जना वडा अध्यक्षमा ६० जना खुल्ला सदस्य ९५ जना महिला सदस्य ४५ दलित महिला सदस्यमा ३७ जना गरी दुई सय ३७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
नारायण नगरपालिकाको प्रमुखमा पाँच जना , उप प्रमुखमा तीन जना, वडा अध्यक्षमा ५२ जना, खुल्ला सदस्य ९२ जना महिला सदस्य ४५ दलित महिला सदस्यमा ३८ जना गरी दुई सय ३५ जनाको उम्मेदवारी दर्ता भएको छ । नौमुले गाउँपालिका अध्यक्षमा पाँच जना उपाध्यक्षमा चार जना, वडा अध्यक्षमा ३५ जना खुल्ला सदस्य ६० जना महिला सदस्य २५ दलित महिला सदस्यमा २५ जना गरी एक सय ५४ जनाको उम्मेदवारी दर्ता भएको छ । भगवतिमाई गाउँपालिकाको अध्यक्षमा छ जना उपाध्यक्षमा पाँच जना, वडा अध्यक्षमा ३८ जना, खुल्ला सदस्य ५४ जना महिला सदस्य २५ दलित महिला सदस्यमा २२ जना गरी एक सय ५० जनाको उम्मेदवारी दर्ता भएको छ ।

भैरवी गाउँपालिकाको अध्यक्षमा सात जना उपाध्यक्षमा आठ जना वडा अध्यक्षमा ५० जना, खुल्ला सदस्य ५८ जना महिला सदस्य २६ दलित महिला सदस्यमा २६ जना गरी एक सय ७५ जनाको उम्मेदवारी दर्ता भएको छ । महावु गाउँपालिकाको अध्यक्षमा १० जना,उपाध्यक्षमा पाँच जना, वडा अध्यक्षमा ३८ जना खुल्ला सदस्य ५२ जना महिला सदस्य २६ दलित महिला सदस्यमा २५ जना गरी एक सय ५६ जनाको उम्मेदवारी दर्ता भएको छ ।