☰ open Loading... 19 April 2024|  

एकीकृत समाजवादीको गाउँ कमिटी नै एमालेमा समाहित
  | २१ बैशाख २०७९, बुधबार १७:५१

समाजवादीको ठाटीकाँध गाउँ कमिटी एमालेमा समाहित

दैलेख – नेकपा एकीकृत समाजवादीको गाउँ कमिटी नै नेकपा एमालेमा समाहित भएको छ। बुधबार एक संयुक्त विज्ञप्ती जारी गर्दै दैलेखको ठाटीकाँधका गाँउपालिकाका नेकपा एकीकृत समाजवादीका अध्यक्ष सहित गाउँ कमिटी नै एमालेमा समाहित भएको हो।

नेकपा एमाले ठाटीकाँध गाउँपालिका कमिटीका अध्यक्ष कुमारविक्रम शाही र नेकपा एकीकृत समाजवादी ठाटीकाँध गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद जैसीले संयुक्त विज्ञप्ती जारी गरेका हुन्।

एमालेमा फर्किने सम्पूर्णलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष सहितका नेताहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य राजबहादुर बुढा, कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाह, एमाले नेताहरु सुर्यबहादुर शाही, धीरबहादुर शाही, एमालेकोतर्फबाट ठाटीकाँध गाउँपालिकाको अध्यक्षको उम्मेदवार लक्ष्मीदेवी शाह लगायतले स्वागत गरेका थिए।

No description available.