दैलेख : नेपाली काँग्रेस दैलेखका उपसभापति नमराज शाही पार्टीको साधारण सदस्यता समेत नरहनेगरी पार्टीबाट निष्काशन भएका छन् । जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र रुपमा जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेदवारी दर्ता गराएका शाहीलाई काँग्रेसले अनुशासनको कारबाही गरेको हो ।
शाहीलाई कारबाही गरिएको ब्यहोराको काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीद्धारा हस्ताक्षरित पत्रमा जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा नेपाली काँग्रेस पार्टीको तर्फबाट आधिकारीक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठविरुद्ध शाहीले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेको उल्लेख छ ।
पत्रमा मनोनयम फिर्ता लिन आग्रह गर्दा पनि नेकपा एमालेसँग साँठगाँठ गरी प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी मनोनयन फिर्ता नलिई पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध उम्मेदवार दिएकोले नेपाली काँग्रेसको विधान २०१७ अनुसार पार्टीका सबै पद सहित नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहनेगरी आजकै मितिबाट लागु हुने गरी अनुशासनको कारबाही गरिएको छ, पत्रमा भनिएको छ ।
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/13-scaled.jpg?resize=740%2C415&ssl=1)
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/19.jpg?resize=740%2C376&ssl=1)
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/23-scaled.jpg?resize=740%2C662&ssl=1)