☰ open Loading... 20 April 2024|  

भारतमा सोनिया गान्धीदेखि शाहरुखसम्म कोरोनाद्वारा संक्रमित, मुम्बईमा ६ दिनभित्र दोब्बर भयो संक्रमण
  | २५ जेष्ठ २०७९, बुधबार १९:३१

भारतीय कांग्रेस सोनिया गान्धीका साथै शाहरुख खान, कार्तिक आर्यन र कट्रिना कैफसमेत थुप्रै चर्चित हस्ती कोरोनाद्वारा संक्रमित भएका छन् । सोनिया त कोरोनाद्वारा संक्रमित भएका कारण इडीको कार्यालयमा मनी लन्ड्रिङका लागि पेश हुन पाइनन् । अर्थात्, भारतमा एकपटक पुनः कोरोनाको संक्रमण बढ्न थालेको छ ।


भारतमा तीन महिनापछि एक हप्तामा लगातार २५ हजारभन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन् । अघिल्लो हप्ता कोरोना संक्रमणमा ४५ प्रतिशतको वृद्धि भयो । यस्तोमा एकपटक पुनः महाराष्ट्र र केरल कोरोनाको केन्द्र बनेको छ । यसअघि पनि कोरोनाको दोस्रो लहरको सुरुवात महराष्ट्र र केरलबाटै भएको थियो ।

 

मुम्बईमा एक हप्तामा १३६ प्रतिशत बढ्यो कोरोना

सोमबार महाराष्ट्रमा देखिएका १,०३६ संक्रमितमध्ये करिब ६०–७० प्रतिशत संक्रमित अर्थात् ६७६ कोरोना संक्रमित मुम्बईमा मात्रै देखिएका छन् । यस्तै, महाराष्ट्रमा पछिल्लो एक हप्तामा देखिएका संक्रमितमध्ये करिब ६७.२८ प्रतिशत मुम्बई, १७.१७ प्रतिशत ठाणे, ३.३६ प्रतिशत रायगढमा र २ प्रतिशत पालघरमा देखिएका हुन् ।

यस्तै, महाराष्ट्रको ६ जिल्लाको संक्रमण दर पनि बढेको छ । महाराष्ट्रको साप्ताहिक संक्रमण दर बढेर ४.५ प्रतिशत भएको छ । राजधानी मुम्बईको साप्ताहिक संक्रमण दर ८.८ प्रतिशत छ जुन राज्यको संक्रमण दरभन्दा दोब्बर हो ।रातोपाटीबाट