☰ open Loading... 3 December 2024|  

स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध जाहेरी
  | १ असार २०७९, बुधबार ०५:२९

दाङः लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध प्रहरीमा जाहेरी परेको छ । मंगलबार बिहान राज्यमन्त्री वली आफ्नो घरमा आई आफू र छोरीलाई कुटपिट गरेको भन्दै तुलसीपुर उपमहानगरपालिका–५ कि मीरा भण्डारीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी हुन् ।

 

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रन्जनबहादुर स्वाँरले जाहेरी जिल्ला प्रहरी कार्यालय दाङमा पठाएको जानकारी दिए ।मंगलबार बिहान तुलसीपुर नगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा पुगेकी राज्यमन्त्री वलीले बस्नेतको खोजी गर्दै उनकी पत्नी र छोरीलाई हातपात गरेको पीडित पक्षको भनाइ छ । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा पठाएको छ ।