☰ open Loading... 20 April 2024|  

नौमूले गाँउपालिकाले ल्यायो ५० करोडको बजेट
  | ८ असार २०७९, बुधबार २१:२५

 

दैलेख –दैलेखको नौमुले गाँउपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटआज सार्वजनिक गरेको छ । गाउँपालिकाले दोस्रो गाउँ सभाबाट ५० करोड रुपैयाँ बराबरको नीति योजना तथा बजेट सार्वजनिक गरेको हो ।गाउँपालिकाका अध्यक्ष छबि सुवेदीको अध्यक्षतामा मंगलबार सम्पन्न दोस्रो गाउँसभामा गाँउपालिका उपाअध्यक्ष गंग बहादुर शाहीले  नीति योजना तथा बजेट प्रस्तुत गरेका हुन् ।

 

नीति योजना तथा बजेट प्रस्तुत गर्दै गाउँपालिकाका उपाध्यक्ष गंगबहादुर शाहीले संमृद्ध नौमुले निर्माणको अभियानसँगै विकट नौमुलेलाई शान्ति, सुरक्षाको अनुभुति र विकास निर्माणमा हातेमालो गर्ने खालका निति, कार्यक्रम ल्याइएको भन्दै समृद्ध नौमुले र सुखी नौमूलेवासी वनाउन प्रतिवद्ध रहेको  बताए ।

 

गाँउपालिका अध्यक्ष छविराम सुवेदीले अगामी बजेट शिक्षा स्वास्थ ,कृषि तथा पुर्वाधार निर्माण कार्य प्राथमिकता रहेको बताए। नौमुले गाउँपालिका अध्यक्ष सुवेदिले शुसासन, जवाफदेहिता र पारदर्शिता पहिलो प्राथमिकता रहेको उनलेे  जानकारी दिए ।

Open photo

यस्तै गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले यस पटकको निति, कार्यक्रममा चालु खर्चलाई व्यापक कटौति गरिएको वताए । प्रमुख प्रशासकीय अधिकृत वुढाले भने, ‘पालिकाले विकास खर्च र पुँजीगत खर्चमा वृद्धि गरेको, विगतको सरकारले संचालन गरेका राम्रा क्रियाकलापलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा गाँउपालिकाका सम्पूर्ण कर्मचारीहरु, सम्पूर्ण वडा अध्यक्ष लगायत विभिन्न संघ संस्थाको प्रतिनिधि तथा संचारकर्मीको सहभागिता रहेको थियो ।मंगलवार प्रस्तुत गरिएको निति, कार्यक्रम तथा वजेट कार्यपालिकाको वैठक वसेर आवश्यक सल्लाह, सुझाव सहित यहि असार २५ गते पारित गरिने जनाईएको छ ।