☰ open Loading... 24 January 2025|  

गायक सन्तोष केसिको तिज गीत सिम सिमे बर्खाको पानी बजारमा
  | १४ असार २०७९, मंगलवार ०८:४२

लोकेन्द्र जिसि कुमार
दैलेख- नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तिजका गीतहरु बजारमा आइपुगेका छन ।विगतका वर्षहरुमा झै यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरु धमाधम बजारमा ल्याउन गायक गायिकाहरु यतिबेला अति नै व्यस्त हुन थालेका छन्।नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा गायक बादल थापा र अन्जु पन्तको आवाजमा तिज गीत बजारमा सार्बजनिक भएको छ।

हरितालिका तिजको अवसरलाई मध्यन्जर गर्दैभर्खरै मात्र बजारमा आएको सिम सिमे बर्षाको पानी बोलको तिजको गीतमा लय तथा शब्द सिर्जना गायक सन्तोष केसिको रहेको छ ।कमल सौरागको संगीत संयोजनमा तयार भएको तिज गीतको भिडियोमा भने बिमल अधिकारी , ईस्मारीका ढकाल र लोशिना लामिछानेलााई अभिनयमा देख्न सकिन्छ ।उक्त गीत भिडियो सन्तोष केसिको युटुब च्यानलमा हेर्न सकिन्छ ।