☰ open Loading... 20 January 2025|  

मदन भण्डारी फाउण्डेशनद्वारा रक्तदान
  | १६ असार २०७९, बिहीबार ०५:३५

नेपालगन्ज। जन नेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसमार मदन भण्डारी फाउण्डेशन बाँकेको आयोजनामा ‘रक्तदान जीवनदान’ भन्ने उद्देश्यका साथ बृहत रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।

 

सो अवसरमा रक्तदान गर्नेहरुमा उमेश ओली, शिव लामिछाने, राजेन्द्र कुर्मी, घनश्याम यादव, ललित कडायत, रबिन्द्र लम्साल, राम प्रसाद गौतम, सोहनलाल यादव, हिरा खनाल, अनिताथापा, गंगाबगाले, हेमराज गौतम, जितेन्द्र कुमार थारु, बीरेन्द्र कुमार थापा, प्रेम सुवेदी, खुमराज धिताल, सरला सुवेदी, बिष्णु बेल्वासे, ओम बिक्रमथापा, पप्पु तेली, भागतीराम थारु, ओम प्रकाश चापागाई, बिष्णु प्रसाद थारु, प्रशान्त धिताल, खम्ब प्रसाद पुनलगायत २७ जनाले रक्तदान गरेकाथिए ।

 

रक्तदान कार्यक्रममा नेकपा एमाले कन्द्रीय सदस्य एवम् बाँके ईन्चार्ज सूर्य ढकाल, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपति, मदन भण्डारी फाउण्डेशन बाँकेका अध्यक्ष पदम धितालले रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गरेका थिए । प्राविधिक माप्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका होमराज गिरी, सुनिल पुलामी मगर, सन्दिप आचार्य, स्वास्तिका खडका, केशर सिंह डाँगी, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।