☰ open Loading... 25 January 2025|  

कालिकोटमा २० प्रतिशत रोपाईं सम्पन्न
  | १७ असार २०७९, शुक्रबार ०५:३७

कालिकोट । कालिकोटमा २० प्रतिशत रोपाईं सकिएको छ । जिल्लाको ९ वटै स्थानीय तहका ८२ वटै वडामा समग्र २० प्रतिशत रोपाईं सकिएको जिल्ला कृषि विकास कार्यालय कालिकोटका वागवाणी अधिकृत चन्द्र बहादुर शाहीले जानकारी दिए । उनका अनुसार यो तथ्यांक असार १५ गतेसम्मको हो ।

यसैबीच १९ औं राष्ट्रिय धान दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । ‘धान बालि जैविक विविधता उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको हो । नगर प्रमुख कमल बहादुर शाही र कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले संयुक्त रुपमा धान दिवसको सुभारम्भ गरेका थिए ।

कार्यक्रममा खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र श्रेष्ठ, पशु अस्पताल तथा पशु सेवा कार्यालय कालिकोटका प्रमुख लक्ष्मी प्रसाद अधिकारी, कालिकोट जिल्लाका प्रहरी प्रमुख सिद्धराज न्यौपाने, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रत्तनवीर सुनार, कृषि विकास कार्यालय कालिकोटका रामाकान्त खनाल, भकारी परियोजनाका प्रतिनिधिलगायत जिल्लास्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।