☰ open Loading... 25 January 2025|  

सुख्खा पहिरोबाट घाइतेको उपचार हुँदै
  | २३ असार २०७९, बिहीबार ०५:१६

मंगलबार बिहान सुर्खेतको पञ्चपुरी नगरपालिका–७ लामाबगर नजिकै गएको सुख्खा पहिरोबाट घाइतेको प्रदेश अस्पताल कालागाउँ वीरेन्द्रनगरमा भएको छ।

घाइते अछाम तुर्माखाँद गाउँपालिका–६ रानीवन बस्ने ७२ वर्षीय रतु कामीको उपचार प्रदेश अस्पताल भइरहेको हो। यसअघि सुख्खा पहिरोले अछाम तुर्माखाँद गाउँपालिका–६ का ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको थियो। उनीहरु हिड्दै गर्दा माथिबाट आएको पहिरो लागेर घाइते भएका थिए।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री हिमबहादुर शाहीले प्रदेश अस्पताल गई घाइते कामीलाई भेटेको थिए। जिल्ला प्रशासन कार्यालय सुर्खेतले वर्षातको समयमा हुनसक्ने बाढी पहिरोबाट सतकर्ता अपनाउन सबैमा अपिल गरेको छ।