☰ open Loading... 18 January 2025|  

महाबु गाँउपालिकाले पास गर्यो आगामी आर्थिक वर्षको बजेट
  | २९ असार २०७९, बुधबार ०६:११

 

दैलेख । दैलेखको महाबु गाँउपालिकाले आर्थिक वर्ष २०७९र०८० को आर्थिक ऐन ,निति तथा कार्यक्रम अनुमोदन सहित वार्षिक बजेट समेत पारित गरेको छ । विभिन्न ऐनहरु पारीत गर्दै मंगलबार गाउँपालिकाकी उपाध्यक्ष मञ्जु कुमारी शर्मा (पाण्डेले) नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

गाँउपालिकाले शिक्षा,स्वास्थ्य,कृषि,भैतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै चालु तर्फ४३ करोड ७८ लाख ६३ हजार ९सय८१ कुल बजेट बिनियोजन भएको गाँउपालिकाकी उपाध्यक्ष पाण्डे बताईन् ।उनले भनिन् बजेटमा शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार निर्माणका कार्यक्रम प्राथमिकतामा रहको उनले पश्चिम नेपाललाई जानकारी दिईन् ।

गाँउपालिकाको ११औं गाउँसभामा पेश भएको बजेट आवश्यक परिमार्जन सहित सर्वसम्मत रुपमा पारित भएको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङ्गले जानकारी दिए ।

यस्तै गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाराम पंगालीले गाउँपालिकाले सधैं जनताका माग र आवश्यकतालाइ प्राथमिकतामा राखेर काम गरेको बताए । उनले भने आगमी आर्थिक वर्षमा गाउँपालिका पर्यटन ,कृषि , पूर्वाधार , स्वास्थ्य , शिक्षा र रोजगारी श्रृजना लाई प्रार्थमिकता दिई बजेट निर्माण गरिएको जानकारी दिए ।कार्यक्रममा कर्मचारीहरु, वडा अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।