सुर्खेत: वीरेन्द्रनगरस्थित प्रदेश संग्रहालय तथा अभिलेखालयको भवन निर्माणको काम लामो समयदेखि अलपत्र छ । निर्माणको जिम्मा पाएको अनिवार्य विल्डर्सले काम अधुरै छोडेको हो । आधा काम नसकिँदै निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन् । प्रदेश संग्रहालय तथा अभिलेखालयले ठेकेदार कम्पनीसँग २०७७ माघ १२ मा निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार उक्त भवन २०७८ असार मसान्तसम्म निर्माण भइसक्नुपर्ने थियो । सो मितिमा काम सम्पन्न नभएपछि मुुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०७८ मंसिर ६ गते पहिलो पटक म्याद थप गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् निर्णयअनुसार २०७८ चैतसम्म निर्माण सक्नुपर्ने भनिएको थियो । तर, म्याद थप्दा पनि निर्माण व्यवसायीले काम भने अघि बढाएनन् । बारम्बार ताकेता गर्दा पनि निर्माण कार्य अलपत्र छोडेर सम्पर्कविहीन बनेको प्रदेश संग्रहालय तथा अभिलेखालयका प्रमुुख अर्जुुनबहादुुर शाहीले बताए । उनका अनुसार काम अलपत्र पार्ने यो निर्माण कम्पनीले दुुई पटक गरी १५ लाख रूपैयाँ भुुक्तानी लिइसकेको छ । उक्त एक तले भवन बनाउन ६० लाख ७३ हजारमा सम्झौता भएको हो ।
दुई वर्षभन्दा बढी समयदेखि भवनको काम बीचमै अलपत्र पारिएको संग्रहालय प्रमुख शाहीले बताए । ‘काम गर्ने म्याद सकियो, काम अलपत्र छोडेर ठेकेदार सम्पर्कमा छैनन्,’ उनले भने । उनका अनुसार कार्यालयले काम छिटो अघि बढाउन दुुई पटकसम्म ताकेता पत्र पठाइ सकेको छ । त्यति गर्दा पनि निर्माण व्यवसायीले बेवास्ता गर्दै आएका छन् । ठेकेदारले पहिले कोरोना महामारी र अहिले मूल्यवृद्धिको बहाना बनाउँदै निर्माण अलपत्र पारेको जनाइएको छ । उक्त भवन पुुस्तकालय, सभाहल र प्रशासनिक प्रयोजनका लागि निर्माण थालिएको थियो । भौतिक संरचना निर्माणमा ढिलाइ हुँदा साँघुरो भवनमा खुुम्चिएर कार्यसम्पादन गर्नु परिरहेको संग्रहालयका कर्मचारीले बताएका छन् । आवश्यक फाँटका लागि कोठा नहुँदा कार्यसम्पादनमा समस्या हुुने गरेको हो । अब मन्त्रालयसँग समन्वय गरेर खरिद नियमावली बमोजिम आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने तयारी भइरहेको कार्यालयले जनाएको छ । भवन निर्माण कार्य अधुरो छोडिएकोबारे बुझ्न खोज्दा निर्माण व्यवसायी खड्गप्रसाद अमगाईंसँग भने सम्पर्क हुन सकेन ।
प्रदेश आयुुर्वेद औषधालयको हातामा निर्माण थालिएको १५ शैड्ढयाको अस्पताल भवन पनि बेवारिसे बनेको छ । सम्झौता भएको एक वर्ष बितिसक्दा डिबीसीको कामबाहेक अरु हुन सकेको छैन । आयुुर्वेद अस्पतालको भवन बनाउन कौशल जगदम्बा सुपरस्ट्रार निर्माण कम्पनीले जिम्मा लिएको छ । संघीय सरकारको १८ करोड २२ लाख बजेटमा निर्माण सम्झौता गरिएको छ । निर्माण कार्य २०७८ असारबाट सुरु गर्नेगरी सम्झौता भएको थियो । तर, हालसम्म पहिलो चरणको काम नै हुन नसकेको हो । सम्झौताअनुसार २०८० चैत मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने हुन्छ । भवन निर्माणको प्रगति भने निकै सुस्त छ । सुुस्त गतिमा काम भइरहेकाले तोकिएको मितिमा काम सकिने सम्भावना नरहेको प्रदेश आयुुर्वेद औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजाल बताउँछन् । ‘सम्झौता भएको एक वर्ष भइसक्यो, डिबीसीको काम भर्खर सुरु भयो,’ उनले भने, ‘त्यही काम पनि निरन्तर रूपमा भएको छैन ।’ अस्पतालजस्तो संवेदनशील क्षेत्रको भवन निर्माणमा ढिलासुस्ती हुँदा सेवा प्रवाहमा असर परिरहेको डा. रिजालले बताए । भौतिक संरचनाको अभावमा औषधालयले साँघुुरा कोठाहरूबाट सेवा दिइरहेको छ ।
निर्माण कम्पनीले भने तोकिएको म्याद बाँकी रहेकाले समयमै भवन बनाइसक्ने दाबी गरेको छ । निर्माण व्यवसायी तारा शाहीले समयमै काम सम्पन्न गरेर औषधालयलाई भवन हस्तान्तरण गरिने बताइन् । सम्झौता भएयता विभिन्न कारणले निर्माणले गति लिन नसकेको उनी बताउँछिन् । ‘स्थानीय निर्वाचन, मूल्यवृद्धि, वर्षाजस्ता कारणले काम रोकिएको हो,’ शाहीले भनिन्, ‘साउनबाट धमाधम काम अघि बढ्छ ।’ भवन निर्माणको अनुगमन तथा नियमन गर्ने निकाय संघीय कार्यान्वयन इकाईका इन्जिनियर टिकाराम शर्मासमेत काम निर्धारित मितिमा सम्पन्न हुुने दाबी गरे ।
प्रदेश संग्राहलय तथा अभिलेखालय र प्रदेश आयुर्वेद औषधालयको भवन अपवाद भने होइनन् । वीरेन्द्रनगरमा यस्ता थुप्रै निर्माणाधिन सरकारी भवन अलपत्र अवस्थामा छन् । निर्माण कार्य भइरहेका भवनमा पनि प्रगति सुस्त छ । ठेकेदारको लापरबाही र नियामक निकायको बेवास्ताले निर्माण कार्यमा प्रगति हुन सकेको छैन । निर्माण व्यवसायीले पटक–पटक अनेक बहाना बनाउँदै म्याद थप गर्दै आएका छन् । तोकिएको मितिमा निर्माण सम्पन्न नगर्ने प्रवृत्ति पछिल्लो समय झनै बढेको छ । प्रदेश राजधानीमै सरकारी भवन निर्माणमा यसरी ढिलासुस्ती भइरहँदा अनुगमन तथा नियमन गर्ने निकायको भूमिका भने प्रभावकारी देखिएको छैन ।साझा बिसौनिबाट