☰ open Loading... 20 January 2025|  

अवैध काँचो कपडा बरामद
  | ३० असार २०७९, बिहीबार १९:२३

सुर्खेत – जिल्लाको भेरीगंगा नगरपालिका बबईबाट अवैध कपडा बरामद गरिएको छ । अस्थाई प्रहरी पोष्ट बबई सुर्खेतले बिहीबार बिहान साढे ८ बजेको समयमा कपडा बरामद गरेको हो । भेरीगंगा नगरपालिका–५ बबई चेक प्वाईन्टमा खटिएका प्रहरी टोलीले पोखराबाट सुर्खेततर्फ आउँदै गरेको बा ५ ख ४०४९ नम्बरको बसबाट कपडा बरामद गरिएको हो ।

उक्त बसमा प्रहरीले चेकजाँच गर्दा कुनै पनि बिल नभएको ५ बोरा काँचो कपडा बरामद गरि ल्याएको फेला पारेको हो । कपडा बरामद गरेर बबई चेक प्वाईन्टमा राखिएको र बसलाई फिर्ता पठाईएको प्रहरीको भनाई रहेको छ ।