यामराज बिष्ट दैलेख- दैलेखको नारायण नगरपालिका वडा नं-५ भैसीखोरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।अस्थायी प्रहरी पोष्टको शुक्रबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले शान्ति सुरक्षा कायम राख्नका निम्ति प्रहरीलाई स्थानीयले सहयोग गर्नुपर्ने बताए । प्रहरीले गर्ने हरेक राम्रा कार्यमा स्थानिय नागरिकको सहयोग मिल्दै गएपछी प्रहरीको मनोबल उच्च रहने बताए।
हरेक सुचना नागरीकलाई जानकारी हुने भएकाले अपराधिक क्रियाकलाप देखि समाजका बिसगती विकृती सबै नियन्त्रणका लागि प्रहरीलाई साथ दिन प्रमुख जिल्ला अधिकारी प्याकुरेरले आग्रह गरे ।
यस्तै नारायण नगरपालिका वडा- ५भैसिखोरमा अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि नारायण नगरपालिका- ४का वडा सदस्य बालसिङ थापा खुसी भएका छन् । चोरीका घटना मात्र होइन महिला हिंसा , लगायतका अपराधिक क्रियाकलापमा नियन्त्रणमा प्रहरीको भूमिका सक्रिय हुने विश्वास लिएको उनले बताए।
गाउँमा प्रहरी चौकी नहुँदा लागू औषध दुर्व्यसनीसँगै अपराधिक क्रियाकलाप बढेको स्थानीयको गुनासो थियो ।
बढ्दो अपराधिक क्रियाकलाप र स्थानीयको मागलाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डियसपी भुवेश्वर प्रसाद साहले बताए ।शान्ति सुरक्षा अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धानमा समेत थप मद्दत पुग्ने प्रहरी प्रमुख साहले बताए ।कार्यक्रममा पत्रकार, नागरिक समाज, जनप्रतिधि, स्थानियवासीको सहभागिता थियो ।