☰ open Loading... 18 January 2025|  

करारका कर्मचारी हटाइएपछि प्रदर्शन,प्रहरीले गोली चलायो, ३ जना घाइते
  | ३१ असार २०७९, शुक्रबार २०:३५

दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ । पालिकाले करार कर्मचारीलाई हटाएको विषयलाई लिएर गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो ।

प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको दैलेख प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी भुवनेश्वर शाहले प्रदर्शन नियन्त्रण बाहिर गएपछि गोली चलाउन बाध्य भएको बताए । घाइतेहरूलाई उपचारका लागि सुर्खेत ल्याउने तयारी भइरहेको छ ।