☰ open Loading... 24 January 2025|  

राजीनामा दिने तयारीमा एआईजी पोखरेल
  | ३२ असार २०७९, शनिबार ०५:३४

काठमाडौंः नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने भएका छन् । सरकारले धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेपछि सर्वोच्च पुगेका पोखरेल शुक्रबार रिट खारेज भएसँगै राजीनामा दिने तयारीमा लागेका हुन्।

 

सरकारले सिंहलाई आईजीपी बनाए लगतै पोखरेल विदामा बसेका थिए । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको एक महिने विदा स्वीकृत गरेका थिए । पुनः विदा माग गरेपछि आईजीपी सिंहले अस्वीकार गरेका थिए ।

 

तर एआईजी पोखरेल कार्यालय गएका छैनन् । निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही हुने भएकाले पोखरेलले राजीनामा दिने तयारी गरेका हुन् ।