☰ open Loading... 25 January 2025|  

मोहन्याल गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राउ
  | २ श्रावण २०७९, सोमबार ०५:१५

काठमाडौं : अख्तियार दुरुपोयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्रीलाई ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । उनी छैठौं तहका अधिकृत हुन् ।

 

बिउबिजन सामग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियारले जनाएको छ ।

 

घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामग्रीको रकम भुक्तानीबापत घुस मागेको सूचनाको आधारमा क्षेत्रीलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

 

क्षेत्रीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।