☰ open Loading... 26 January 2025|  

भेरी बबई डाईभर्सनको पावर हाउस बन्दै
  | २ श्रावण २०७९, सोमबार ०५:१८

भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाले विद्युत उत्पादनका लागि पावर हाउस निर्माणको सिभिलतर्फको काम अघि बढाएको छ। सुरुङ्ग निर्माणसंगै आयोजनाले अब बाँध र पावर हाउसको काम अघि बढाएको हो।

जस अन्र्तगत आयोजनाले हेडवर्कस, सर्ज साफ्ट, पावरहाउस निर्माणको काम सुरु भउको छ भने हाईड्रोमेकानिकल निर्माण तथा जडान टेण्डर भईसकेको छ आयोजनाले जनाएको छ। आयोजनाले भेरीको पानी बबईमा ल्याउनका लागि १२.२ किलोमिटर सुरुङ्ग निर्माण कार्य सम्पन्न भईसकेको छ। आयोजनको बाँकी कामहरु सिभिल संरचना (हेडवक्र्स, पावर हाउस तथा सर्ज–सफ्ट) निर्माण कार्य सुरु भएको छ।

२०८० साउन २९ गते सक्ने गरि ठेकेदारले ६ अर्व १६ करोड ५२ लाख १६ हजारमा ठेक्का सम्झौता गरेको छ। बाँके र बर्दिया जिल्लामा ५१ हजार हेक्टर जमिन बाह्रै महिना सिचाई, ४६.८ मेगावाट विद्युत उत्पादन निकाल्ने आयोजनाको उद्देश्य रहेको छ। भेरी बबई डाईभर्सन आयोजना तर्फ ३३ अर्ब १९ करोड ६६.४२ लाख रहेको छ भने, भेरी कोरिडोर सिंचाई विकास कार्यक्रमतर्फ ३ अर्ब ६१ करोड ११ लाख रहेको छ।

आयोजनाको प्रगतीबारे अनुगमन

आयोजनाको प्रगती  विवरण जानकारी लिन अनुगमन भएको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आयोजनाको स्थलगत रुपमा अनुगमन गरेका हुन्।

बबईस्थित पावर हाउन निर्माणस्थलमा प्रमुख जिल्ला अधिकारी रिजाल, सुर्खेतका प्रहरी प्रमुख (एसपी) पदमबहादुर विष्ट लगायतका टोलीले आयोजनाको पछिल्लो प्रगतीबारे जानकारी लिएका थिए। आयोजनाका डि पवन अधिकारी, रन्जनराज भटराई लगायतले प्रगती विवरण प्रस्तुती गरेका थिए। आयोजनाको पावर हाउस निर्माण साईट, टर्नेल साईट लगायतका स्थलहरुको अनुगमन गरिएको थियो।

आयोजनाले पावर हाउसको सिभिल निर्माण काम अघि बढाएको छ। आयोजनाले ड्याम साईट र पावर हाउस दुवै साईटबाट कामहरु भईरहेको जानकारी दिएका थिए। पावर साईट भन्दा ड्याम ( बाँध) साईटमा काम तिव्र गतिमा भईरहेको जानकारी आयोजना लिएको छ। प्रमुख जिल्ला अधिकारी रिजालले आयोजनाको काम कुनै कसर नराखी समयमा सक्नुपर्ने बताए। आयोजनाका लागि सुरक्षा ब्यवस्था कमी नहुने समेत रिजालले बताए।

राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी रिजालसहितको टोली।