☰ open Loading... 20 January 2025|  

थप ४ सय ५७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
  | ३ श्रावण २०७९, मंगलवार ०५:२०

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । आइतबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।