☰ open Loading... 26 January 2025|  

कालिकोट ट्राफिक प्रहरीद्वारा १५ लाख बढि राजस्व सङ्कलन
  | ४ श्रावण २०७९, बुधबार ०५:१४

कालिकोट, ३ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटले आर्थिक वर्ष २०७८/०७९ मा १५ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । प्रहरीले अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, सवारी साधनमा सिट क्षमता भन्दा बढि यात्रु राख्ने, बिलबुक, लाईसेन्स बिना सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने लगायतमा संलग्न सवारी साधनबाट राजस्व सङ्कलन गरेको प्रहरीले जनाएको छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका प्रमुख लक्ष्मीराज जोसीका अनुसार कारबाहीमा परेका  ४ सय ५६ वटा ट्रकबाट ३ लाख ५८ हजार, ३ सय ३५ वटा बस तथा मिनीबसबाट २ लाख ८८ हजार, ५ सय वटा कारजिपबाट ४ लाख २० हजार ५ सय, १ सय ८ ट्याक्टरबाट ७९ हजार ५ सय, ३ सय ९७ मोटरसाइकलबाट ३ लाख १९ हजार र अन्य १ सय ४१ बाट १ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो । कारबाहीमा परेका १ हजार ९ सय ३७ सवारी साधनबाट १५ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको प्रमुख जोसीले जानकारी दिए ।

 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष राजस्व रकम दोब्बरले वृद्धि भएको उनको भनाइ छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा भएको दुर्घटनामा १० जनाको मृत्यु र ६ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा भएको दुर्घटनामा २८ जनाको मृत्यु र ६ जना घाइते भएका थिए ।

 

यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा भएको ३५ दुर्घटनामा ८ जनाको मृत्यु र ५५ जना घाइते बनेका प्रहरीले जनाएको छ ।
ट्राफिक नियमको पालना नगर्दा, तीव्र गतिमा सवारी चलाउँदा, जथाभावी गाडी रोक्ने, सवारीको क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका कार्यले दुर्घटना बढेको सरोकारावालाहरुले दाबी गरेका छन् ।