☰ open Loading... 25 January 2025|  

थप ३५७ जनामा कोरोना संक्रमण
  | ४ श्रावण २०७९, बुधबार ०५:१६

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।

 

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको मन्त्रालयले जनाएको छ ।