☰ open Loading... 25 January 2025|  

दैलेखमा चट्याङ्ग लागेर १५ जना घाइते
  | ८ श्रावण २०७९, आईतवार १९:१३

दैलेख । दैलेखमा चट्याङ लागेर १५ जना घाइते भएका छन् ।जिल्लाको डुंगेश्वर गाउँपालिका–२ सेर्माकोटमा चट्याङ लाग्दा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले जानकारी दिए ।घाइते उनीहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको डीएसपी साहले जानकारी दिए ।

घाइते हुनेमा शुशिला खड्का ,नर ब खड्का ,पुजा खड्का ,बसन्ती सिंह ,सीता सिंह, लक्ष्मि खड्का , सन्ध्या खड्का ,दिल कुमारी खड्का , मिना खड्का , दुर्गा खड्का ,चन्दा सिंह, इन्द्रा सिंह, कृष्णा सिंह बिण्णु झा, सोमा झा रहेका स्थानिय दिलिप खड्काले जानकारी दिए । चट्याङ्गका कारण एक बाख्रा र एक गाईको समेत मृत्यु उनले बताए ।