☰ open Loading... 16 April 2024|  

प्रहरीका ९ जना एसपीको सरूवा
  | ९ श्रावण २०७९, सोमबार ०५:४१

काठमाडौंः नेपाल प्रहरीका ९ जना एसपीको काज सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले आज समय अवधि पुगेका ठाउँमा काज सरूवा गरेको हो ।

 

प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेत जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, होविन्द्र बोगटी जिल्ला प्रहरी कार्यालय बारा, बामदेव गौतम मकवानपुर पुगेका छन् ।

 

यस्तै बीरबहादुर बुढा रौतहट, दिलिप घिमिरे डोटी, विश्व अधिकारी यूएन शाखा र अनुमप शमशेर जबराको इन्टरपोलमा सरूवा गरिएको छ ।