☰ open Loading... 18 January 2025|  

हेरफेरसहित थप ६० अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा
  | १३ श्रावण २०७९, शुक्रबार ०५:११

काठमाडौँ । विभिन्न निकायमा कार्यरत ६० अधिकृतको सरुवा गरिएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणमा प्रकाशित सुचीलाई हेरफेरसहित थप अधिकृतहरुलाई विभिन्न निकाय तथा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको हो ।निजामतीमा बिकृतीको रुपमा लिइएको सरुवा यतिबेला चरम अवस्थामा पुगेको छ । प्रशासनिक नेतृत्वको सोझोपनको फाईदा उठाउदै केही टाठा कर्मचारी तथा मन्त्रीको सचिवालयले गज्जबको फाईदा उठाईरहेको मन्त्रालय स्रोत बताउछ ।

केही दिन अघि मात्रै यौटा सुची प्रकाशन गरिएको थियो तर रातारात उक्त सुची सच्याउदै अर्को सुची बन्यो ।

स्वभाविक रुपमा गर्ने तथा कतिपय अवस्थामा ब्यबहारिक हेर्ने भन्दापनि ‘खेती’ कै रुपमा बाली भित्र्याउन खोज्दा यतिबेला सामान्यमा मेला लागेको छ । जसभित्र ‘खेताला’देखी ‘ठेकेदार’ र ‘तालुकदार’सम्मका आ-आफ्नै ‘शर्त’ र ‘दर’ कायम छ ।

सम्बन्धित समाचार : ३३ शाखा अधिकृतको पदस्थापन, हेर्नुहोस् को कहाँ ?