☰ open Loading... 25 January 2025|  

दैलेख प्रहरीले गर्‍यो गाँजा फडानी
  | १४ श्रावण २०७९, शनिबार ०५:११

डुंगेश्वर गाउँपालिका–१ स्थित प्रहरी चौकी चुप्रा र ६ स्थित माथिल्लो डुंगेश्वर प्रहरीले चौकीले सुर्खेत-दैलेख सडक खण्डको दुवै साईटमा उम्रेको अवैध गाँजा नष्ट गरेको छ।

समुदाय प्रहरी साझेदार कार्यक्रमअन्र्तगत प्रहरीले सडक छेउछाउमा उम्रेका गाँजा नष्ट गरेको हो।  दैलेख प्रहरीले अवैध रुपमा रहेको गाँजा प्रयोग नहोस् भनेर बिहीबार विहान नष्ट गरेको हो। वर्षेनी नौमुले, गुरासँ, डुंगेश्वर गाउँपालिका लगायतका क्षेत्रमा गाँजा ठूलो मात्रामा आँफै उम्रने गर्दछ। प्रहरीको सक्रियतामा वर्षेनी गाँजा नष्ट हुने गर्दछ।

घरेलु मदिरा नियन्त्रणमा सक्रिय दैलेख प्रहरीले लागूऔषध नियन्त्रण गर्न सकेको छैन्। सडक आसपासमा गाँजा फैलिएको सूचना पाएपछि समुदायसंगको सहकार्यमा प्रहरी टोलीले नष्ट गरेको दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद साहले बताए।