☰ open Loading... 4 October 2022|   मङ्लबार, अशोज १८, २०७९

माइतीको घर तिज गीत बजारमा
  |

यामराज बिष्ट 
दैलेख –नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तिजका गीतहरु बजारमा आइपुगेका छन ।विगतका वर्षहरुमा झै यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरु धमाधम बजारमा ल्याउन गायक गायिकाहरु यतिबेला अति नै व्यस्त हुन थालेका छन् ।

हरितालिका तीजको अवसरलाई मध्यनजर गर्दै गायक देबेन्द्र भट्टराईले नयाँ तिज कोसेली माइतीको घर बजारमा ल्याएका छन्।

मौलिकतालाई बचाउनु पर्छ भन्ने उदेश्य बोकेर गायक भट्टराईले तीज गीत माइतीको घर सार्वजनिक गरिएको बताए।गीत संगीत भन्न बित्तिकै हुरुक्क हुने गायक भट्टराई   सानै देखि उनी गीतहरु गाउने गर्थे । बाल्यकाल देखि नै गीत संगितमा रुचि राखेका उनी दुख गरेपछि मेहेन्तको फल अवश्य मिठो हुन्छ अरु समयमा जागिर गर्दै बचेको समयमा गीत संगीतलाई पनि अगाडी बढाउने बताए ।

मौलिक शैलीमा तयार गरिएको गीतमा गायक देबेन्द्र भट्टराई र लक्ष्मी रेग्मी,रेजिना परियारको स्वर तथा गायिका रेग्मीको शब्द,संगीत रहेको छ ।गीतमा देबेन्द्र भट्टराई र सबिता कार्की ,रञ्जु अधिकारी,दिपक केसि,संगीत मगरलाई अभिनयमा देख्न सकिन्छ।गीतको छायाँकन बिरेन्द्र भट्टले गरेका छन् भने, भिडियो सम्पादन बिकास ज्ञावालीले गरेका छन्।गायक भट्टराईले लोकदोहोरी गीतमा आवाज दिएका छन भने केहि गीतहरूमा अभिनय समेत गरीसकेका छन।

 

!-- .entry-content --> प्रकाशित मितिः शनिबार, साउन २१, २०७९     9:09:15 PM