☰ open Loading... 22 June 2024|  

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा
  | २८ श्रावण २०७९, शनिबार ०५:१०

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा

 

 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरू नियन्त्रणमा लिएको छ ।

 

विश्वविद्यालयविरुद्ध उजुरी परेपछि कागजपत्रहरू नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । अख्तियारका अनुसार विभिन्न विषयसँग सम्बन्धित उजुरीहरू कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो ।

 

विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्तिलगायतका विषयमा अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ ।

 

विश्वविद्यालयका विषयमा कार्यालयमा उजुरी परेकाले अनुसन्धानका लागि कागजपत्रहरू नियन्त्रणमा लिइएको सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात नियन्त्रणमा लिएको हो ।