☰ open Loading... 20 April 2024|  

पैयाँचौर टोललाई पूर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा
  | १ भाद्र २०७९, बुधबार ०६:००

यामराज बिष्ट
दैलेख –दैलेखको डुङ्गेश्वेर गाउँपालिका वडा नं -२ पैयाँचौर टोललाई पूर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको छ। मंगलबार एक कार्यक्रमका बीच पूर्ण सरसफाई स्वच्छता उन्मुखका लागि सरसफाईका लागी सबै सूचकहरु पूरा गरेपछि ९१ घरधुरी रहेको  पैयाँचौर  टोललाई पूर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको एभेष्ट क्लब दैलेखका स्थानीय ब्यक्ति दिलिप कुमार खड्काले बताए ।

भर्ले पीपल डाँडा स्वास्थ्य आमा समूह डुवेश्वर गाँउपालिका वडा नं- २को समन्वय तथा बडास्तरीय खानेपानि सरसफाइ स्वच्छता समन्वय समिति डुवेश्वर गाउँपालिका वडा नं -२ को आयोजना तथा एभेष्ट क्लब दैलेख र एसएनभी नेपालको साझेदारीमा सञ्चालित समावेशी तथा दीगो ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजनाको सहजीकरणमा पैयाँचौर टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको हो ।

एसएनभी नेपालका टिम लिडर रतन बुढाथोकीले यस समुदाय र विद्यालयले पुर्ण सरसफाई सम्बन्धि सम्पुर्ण सुचकहरु पूरा गरेको छ । यो वडा जिल्लाकै नमुना बन्न सकोस भन्दै खानेपानीका क्षेत्रमा सहयोग गर्ने उनले बताए । फोहोरको अन्त्यले नै मानिस स्वच्छ भएर बाँच्ने भएकाले यो कार्यक्रमलाई घोषणमा मात्र सीमित नराख्न अनुरोध गरे ।

कार्यक्रममा एसएनभी नेपाल दैलेखका जिल्ला संयोजक रामप्रकाश सिहले नमुना टोल बनाउन सफल भएकोमा सम्पूर्ण डुवेश्वर गाँउपालिका वडा नं -२ वडावासी लगायत विभिन्न संघ संस्थालाई धन्यावाद तथा शुभकामना व्यक्त गरे । उनले यो भन्दा बढी अग्रसर भएर अगाडि बढ्न सबैमा आग्रह गरे ।

यस्तै डुवेश्वर गाउँपालिका -२ का वडाअध्यक्ष याम बहादुर बिष्टले पैयाँचौर टोललाई सफा र स्वच्छ टोल घोषणा गर्न सफल भएको उनले बताए।यसका लागि सबैसँग आगमी दिनमा सबै संग समन्वय र सहकार्य गरेर जाने उनले प्रतिवद्धता व्यक्त गरे ।उनले भने सम्पूर्ण वडा बासिहरूले सहयोग गर्नुहोस् यो वडा जिल्लाको नमुना वडा बनाएर देखाउने प्रतिवद्धता व्यक्त गरे । मानव जीवनको आवश्यकता मध्येका महत्वपूर्ण विषय सरसफाई रहेको बताइएको छ। मान्छे स्वस्थ्य जीवन बिताउन ब्यक्तिगत सरसफाई देखी वातावरणीय सरसफाईमा ध्यान दिन सबैलाई आग्रह गरे ।