☰ open Loading... 8 February 2025|  

अनेरास्ववियु दैलेखको अध्यक्षमा दाहाल
  | २ भाद्र २०७९, बिहीबार ०५:१२

दैलेख  :  नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु दैलेखको अध्यक्षमा मनसुन दाहाल चयन भएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)दैलेखको १२औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा दाहाल सर्वसम्मत चयन भएका हुन्।

कमिटिको उपाध्यक्षमा भुपेन्द्र विसी, सचीवमा नरबहादुर कठायत, सह–सचिवमा मुकुन्द थापा, धिरेन्द्र शाही, रविन्द्र दाहाल सर्वसम्मत चयन भएका छन्। यस्तै, सम्मेलनले कोषाध्यक्षमा प्रतिमा खड्का लगायत ३३ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन गरेको हो।