दैलेख- दैलेखका प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले नागरिकता ऐन अनुसार आफुले काम गर्दा आफुमाथी जातीय विभेदको आरोप लगाइएको टिप्पणी गरेका छन ।मंगलबार प्रतिनिधि सभामा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गरेपछि त्यस लगत्तै पत्रकार सम्मेलन गरेका उनले नागरिकता ऐन अनुसार आफुले काम गर्न खोज्दा अनावश्यक जातीय विभेदलाई प्रसय दिएको भन्ने आरोप सत्य नभएको बताए ।
पत्रकार सम्मेलनमा उनले भने “ठगे कामीले आफुले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाण पत्रमा उल्लेखित नाम ठगे कामी रहेको र उक्त नाम संशोधन गरी कर्ण बहादुर कामीको नामबाट नागरिकता जारी गरी पाउ भनि मौखिक माग भएकोमा निजले पेश गरेको लिखित निबेदन तथा संलग्न कागजातहरुमा कर्ण बहादुर कामी भनि पेश भएकोमा उक्त कागजातमा परिचय खुल्ने कागजात नभएकाले पुन सच्याई ल्याउनु पर्ने भनि सम्झाई बुझाई गरेको हो ।
उनले भने कानुनमा भएको ब्यबस्था अनुसार नाम सच्याउनको लागि कानुन निर्माण गर्नु पर्ने भएकोले मिल्दो जुल्दो नाममा सच्याउन मिल्ने भएकोले अर्को निबेदन ल्याउन आग्रह गरेको थियौ यसलाई गलत अर्थ लगाइयो । निबेदकको साथमा सोही पालिकाका जगत रेग्मी समेत आएको हुँदा अममान जानक गतिबिधी गरे नगरेको बिषयमा उनिबाट पनि बुझ्न सकिने बताए ।यस्तै ठगेन्द्रको नाम सच्याउन जिल्ला प्रशासन कार्यालयमा सहयोगीका रूपमा पुगेका भगवतीमाई गाउँपालिका मेहेलतोलीका जगत रेग्मीले प्रशासनमा कुनै अपमानपूर्ण व्यवहार नभएको बताएका छन ।