| ३ भाद्र २०७९, शुक्रबार ०५:१४
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। राष्ट्रपति भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भएको हो ।
बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत र प्रस्तावको विपक्षमा ६० मत परेको हो ।
एमाले सांसदहरुले संवेदनशील विषय भएकाले ध्वनी मतबाट नभई मत विभाजनबाट विधेयकको टुंगो लगाउन माग गरेपछि सभामुखले मत विभाजन गराएका थिए ।