| ८ भाद्र २०७९, बुधबार ०५:११
दाङ : घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिपरमा बिहानै आगजनी भएको छ ।रा १ ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी भएको हो ।
प्रहरीका अनुसार चार–पाँच जनाको समूहमा आएकाले टिपरमा आगजनी गरि भागेको थिए भने आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार टिपर आगजनी गर्नेको खोजी भइरहेको छ ।