☰ open Loading... 4 October 2022|   मङ्लबार, अशोज १८, २०७९

काँग्रेस नेता निर्मला खड्काले राखिन् तिज शुभकामना कार्यक्रम
  |

दैलेख – नेपाली काँग्रेस दैलेखका नेता तथा प्रदेश कार्य समितिका सदस्य निर्मला खड्का थापाको आयोजनामा दैलेखको सदरमुकामस्थित कर्वड हलमा तिज शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

यसपालीको तिजमा महिला दिदिबहिनीसंग तिज शुभकामना आदानप्रदान कार्यक्रम काँग्रेस नेता निर्मला खड्का थापाले राखेकी हुन् । जिल्लाभरबाट तिजको शुभकामना आदानप्रदानमा सहभागी हुन् महिला दिदिबहिनीहरु सहभागी थिए ।

काँग्रेसका पुरुषसंगै महिला नेताहरु, नगर तथा गाउँ पालिका प्रमुख, उप्रप्रमुख, अध्यक्ष उपाध्यक्षहरु लगायत अन्य महानुभावहरु शुभकामना कार्यक्रममा सहभागी थिए । नेता खड्काले एकल रुपमा सवै महिलाहरुलाई जितको अवसरमा तिज शुभकामना कार्यक्रममा सहभागी गराएकी थिईन् ।

गठबन्धनबाट २०७९ को स्थानीय तहको चुनावमा नारायण नगरपालिकाकबाट नगर प्रमुख लडेकी खड्का पार्टीभित्रबाटै केही नेताहरुको अन्तरघातका कारण झिनो मतले पराजित भएकी थिइन् । खड्का समाजसेवामा अग्रसर भएका कारण जिल्लाभर राम्रो छवी बनाएकी छिन् ।

सबै दिदिबहिनीहरु एकै ठाउँमा बसेर शुभकामना आदानप्रदान होस् भनेर आफुले तिज शुभकामना तथा दर कार्यक्रम राखेको काँग्रेस नेता निर्मला खड्काले बताईन् ।

!-- .entry-content --> प्रकाशित मितिः सोमवार, भदौ १३, २०७९     9:29:52 PM