☰ open Loading... 22 June 2024|  

थप २२६ जनामा कोरोना संक्रमण
  | १४ भाद्र २०७९, मंगलवार ०५:३२

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४ हजार ११ जनाको स्वास्थ्य परीक्षण गर्दा २२६ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाकोअवधिमा १ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको मनत्रालयले जनाएको छ ।

सोमरबा थप कोरोना संक्रमितको संख्यासँगै कोरोना सक्रिय संक्रमितको संख्या ३ हजार २३५ पुगेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२३ जना संक्रमणमुक्त भएका छन् भने ३ हजार ८६ जना होम आइसोलेसनमा, १४९ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा रहेका छन्।

सोमबार थप कोराना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ४७ हजार ४३० पुगेको मन्त्रालयले जनाएको छ ।