☰ open Loading... 16 June 2024|  

पेस्तोल र भरुवा बन्दुकसहित एकजना पक्राउ
  | १६ भाद्र २०७९, बिहीबार ०५:१९

बाँकेमा कटुवा पेस्तोल र भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नं. १ बानियागाउँका छविलाल केवट रहेका छन् ।

उनको साथबाट प्रहरीले कटुवा पेस्तोल थान १, लोडगरी राखेको भरुवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी १०० ग्राम, सिसा र फलामको गोली (छर्रा) ५०० ग्राम र पटाका ९ थान बरामद गरिएको ईलाका प्रहरी कार्यालय भगवानपुरले जानकारी दिएको छ ।

बुधबार विहान अबैध हातहतियार रहेको सूचनाका आधारमा ईप्रका भगवानपुरबाट प्रहरी निरीक्षक विरबहादुर सुनारको कमाण्डमा गएको प्रहरी टोलीले केवटसहित हातहतियार बरामद गरेको हो ।केवटमाथि हातहतियार तथा खरखजना कसूर मुद्दामा अनुसन्धान भइरहेको छ ।