☰ open Loading... 22 June 2024|  

लायन्स क्लब दैलेखद्वारा शैक्षिक सामग्री र खाद्यान्न बितरण
  | १६ भाद्र २०७९, बिहीबार २०:४४

 

दैलेख –लायन्स क्लब अफ दैलेखले आज बसन्तमाला बेद बुद्धाश्रममा शैक्षिक समाग्री र खाद्यन्न सामग्री वितरण गरेको छ । नारायण नगरपालिका वडा नं-७किमुगाँउमा रहेको बसन्तमाला बेद बुद्धाश्रम धार्मिक बिध्यालयमा ऋषिपञ्चमीको अवसर पारेर खाद्यन्न, र लत्ताकपडा प्रदान गरिएको लायन्स क्लब अफ दैलेखका अध्यक्ष तिर्थ जिसीले जानकारी दिए ।

उनले भने क्लबले शैक्षिक सामाग्री ,कापि ,कलम फोटोकपि पेपर ,मार्कर ,खाद्यन्न समाग्री चामल, दाल, तेल लगायत खाद्यन्न,वितरण गरिएको हो । क्लबले स्थापना कालदेखि नै जिल्लामा विभिन्न सामाजिक कार्यहरु गर्दै अगाडि बढेको बताउदै आउदा दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।