☰ open Loading... 24 July 2024|  

गाडी एकआपसमा ठोकिदा ६ जना घाईते
  | १६ भाद्र २०७९, बिहीबार २०:५७

वीरेन्द्रनगर, भाद्र १६ – कर्णाली राजमार्ग अन्र्तगत सुर्खेतको बराहताल गाउँपालिका –८ मसिनामा गाडी एकआपासमा ठोकिदा ६ जना घाईते भएका छन् ।बड्डि चौरबाट सुर्खेत तर्फ आउँदै गरेको भे१च २८८० नम्वरको बोलेरो जिप र विपरित दिशाबाट आउँदै आएको भे१ज ८३७ नम्वरको भ्यान एक आपसमा ठोकिदा भ्यानमा सवार ६ जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा भ्यान चालक बसन्त दर्लामी, सुनिता मिजार, पुजा मिजार, बमबहादुर विक, ईमा पोख्रेल र सेन्जु शाही घाईते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाईतेहरुको सुर्खेत अस्पतालमा उपचार भईरहेको छ । बोलेरो जीप र चालक रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।