☰ open Loading... 12 June 2024|  

थप २२१ जनामा कोरोना संक्रमण
  | २१ भाद्र २०७९, मंगलवार ०५:०४

काठमाडौंः पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ५८ जनाको परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको छ ।

 

योसँगै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४४४ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २०६ जना संक्रमणमुक्त भएका छन् ।