☰ open Loading... 16 June 2024|  

पत्रकार बिष्ट सम्मानित
  | २५ भाद्र २०७९, शनिबार ०५:१६

 

दैलेख- दैलेखका पत्रकार यामराज बिष्ट सम्मानित भएका छन्।दैलेखको सदरमुकामस्थित रहेको गोठपाँडा कृषक सहकारी संस्थाले उनलाई शुक्रबार सम्मान गरेको हो ।
गोठपाँडा कृषक सहकारी संस्था दैलेखको १६औँ वार्षिक साधरणसभाको अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय रबिन्द्रराज शर्मा पत्रकार बिष्टलाई सम्मान प्रदान गरेका हुन्।

पत्रकारिताको क्षेत्रबाट समाजमा प्रत्यक्ष परोक्ष रुपमा पुर्याएको योगदानको कदर स्वरुप पत्रकार बिष्टलाई प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरेको हो ।

बिगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा लागेका बिष्ट रेडियो धुव्रतारा एफ एम दैलेखमा कार्यक्रम संयोजक ,पश्चिम नेपालका अनलाईन पत्रिकाको कार्यकारी सम्पादक,मध्यान्ह राष्ट्रिय दैनिकमा कार्यरत छन्।

यस्तै सस्थाले उत्कृष्ठ कार्य गरेको भन्दै बिभीन्न शिर्षकमा ८ जनालाई सम्मान गरेको छ ।आयोजित साधारण सभामा सस्थामा आवद्ध भई उत्कृष्ट बचत कर्ताहरुमध्येबाट शुन्दर थापा र नियमित कारोवार कर्ताहरु मध्येबाट तुल बहादुर रानामगरलाई सम्मान गरेको छ ।

यस्तै जेष्ठ सदस्यहरु मध्येबाट बिर बहादुर भण्डारी, तरकारी खेतिबाट दुर्गा बहादुर थापा, नरेन्द्र सिजापति ,लघु उद्यमीकर्ताबाट सेरबहादुर भण्डारी सम्मान गरेको गरेको छ बाख्रा पालनबाट नग्रेन्द्र थापामगरलाई, उत्कृष्ट कर्मचारीहरु मध्येबाट शुनिल खड्कालाई सम्मान गरेको हो ।