☰ open Loading... 24 July 2024|  

थप १७९ जनामा कोरोना संक्रमण
  | २८ भाद्र २०७९, मंगलवार ०५:०६

काठमाडौंः पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप १ जनाको मृत्यु भएको छ । ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार ६०० जनाको पीसीआर परीक्षण गर्दा १२७ जना र २ हजार ३५९ जनाको एन्टिजेन परीक्षण गर्दा १७९ जनामा संक्रमण देखिएको हो ।

 

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १७१ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।