☰ open Loading... 19 April 2024|  

नारायण नगरपालिकाले सार्वजनिक गर्‍यो सय दिनका उपलब्धि
  | २८ भाद्र २०७९, मंगलवार ०५:२९

 

दैलेख –स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको एक सय दिन पूरा भएको अवसरमा नारायण नगरपालिका दैलेखले उपलब्धि सार्वजनिक गरेको छ ।आइतबार एक कार्यक्रमका बीच नगरप्रमुख लोमन शर्माले सय दिनका उपलब्धि सार्वजनिक गरेका हुन् ।

सय दिनका उपलब्धि सार्वजनिक गर्दै नगरप्रमुख शर्माले साँच्चीकै स्वच्छ, सुन्दर व्यवस्थित , विभेद रहित र सुशासनयुक्त पालिकाका रूपमा थप विकास गर्ने उद्देश्यलाई विशेष जोड गरिएको बताए । उनले भने नारायण नगरपालिकालाई विकास गर्न अल्पकालीन, मध्ये कालीन र दीर्घकालीन गरी तिन प्रकारका योजना अघि सार्दै आवधिक योजना निर्माणमा लागि रहेका छौँ ।

नगरबासीलाई खानेपानीको सुविधा प्रदान गर्न चालु आ।व ०७९।०८० को श्रावण महिनाबाट लागु, धारा जडान गर्न नसक्ने गरिब,असहाय नागरिकहरूलाई निःशुल्क धारा जडान,दक्ष जनशक्ति उत्पादन गर्नका लागि नगर क्षेत्र भित्र रहेका ७ जना विधार्थीहरुलाई डिप्लोमा तहको प्रविधि शिक्षा प्रदान गरिने बताए ।

विद्यालयहरूमा ल्याव व्यवस्थापन, विद्यालयको शिक्षक दरबन्दी मिलान,गुनासो सुन्न चार अङ्कको टोल फ्री नम्बर सञ्चालनका लागि स्वीकृति, पालिकामा विगतमा भएका कामहरूलाई चुस्त दुरुस्त बनाउनका लागि उपप्रमुख ज्युको संयोजकत्वमा स्रेस्ता रकम प्रमाणित कार्यदल निर्माण नगरपालिका भित्र रहेका ऐतिहासिक सम्पदाको संरक्षण प्रवर्द्धन र व्यवस्थापन गर्नका लागि कार्यविधि तयार, सुरक्षित आवास कार्यक्रम अन्तर्गत १० जनाको घर निर्माण, २७ जना मेलमिलाप कर्तालाई लागि अनुशिक्षण, आधारभूत अस्पताल नारायण नगरपालिका वडा न ५को त्रिवेणी स्वास्थ्य चौकीमा स्थापना गर्नका लागि आवश्यक प्रक्रिया पुरा, बर्थिङ सेवा सञ्चालन, पोषण मैत्री स्वास्थ्य घोषणा लगायतका ३३ वटा उपलब्धि उल्लेख गरिएको छ ।

यस्तै कार्यक्रममा नारायण नगरपालिका दैलेखकी नगर उप-प्रमुख तप्ता कुमारी थापाले नाराया विकासका लागि चरणबद्ध रूपमा योजनाहरू कार्यान्वयनमा जाने बताइन् । उनले नारायणलाई सहमति र सहकार्यका आधारमा सबैलाई साथ लिएर अघि बढ्ने बताइन् ।