☰ open Loading... 20 June 2024|  

चट्याङ लागेर ५ जना घाइते
  | २९ भाद्र २०७९, बुधबार ०५:२३

दैलेख — दैलेखको दुल्लु नगरपालिकामा चट्याङ लागेर पाँच जना घाइते भएका छन् । नगरपालिका-४ पानदेउकामा खेत गोड्ने क्रममा चट्याङ लागेर पाँच जना घाइते भएका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा ४० वर्षीया तारा विक, ४३ वर्षीया सिद्ध विक, ४२ वर्षीया सरुपा विक, ४६ वर्षीया ईश्वरा विक र ४२ वर्षीया लक्ष्मी विक रहेका छन्।उनीहरूको हाल दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ ।