☰ open Loading... 16 June 2024|  

थप ११९ जनामा कोरोना संक्रमण
  | ३० भाद्र २०७९, बिहीबार ०५:४४

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ८४ जनाको परीक्षणमा ११९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार १ हजार ९५५ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र २ हजार १२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार १९१ पुगेको छ ।पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् ।