☰ open Loading... 20 June 2024|  

सब–इन्जिनियरविरुद्ध मुद्दा
  | ३० भाद्र २०७९, बिहीबार ०५:४८

काठमाडौंः नक्कली प्रमाण–पत्र पेश गरेर सरकारी जागिर खाएको अभियोगमा सब–इन्जिनियरविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको दार्मा गाउँपालिकामा कार्यरत सब–इन्जिनियर विष्णु रोकायविरुद्ध मुद्दा दायर गरेको हो।

 

१६ पुस ०७४ देखि ८ जेठ ०७६ सम्म करारमा नियुक्त भएका उनले नियुक्तिका लागि पेश गरेको ‘डिप्लोमा इन सिभिल इन्जिनियरिङ’को शैक्षिक प्रमाण–पत्र झुटो भएको आयोगको ठहर छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।