☰ open Loading... 19 April 2024|  

थप ९१ जनामा कोरोना संक्रमण
  | ४ आश्विन २०७९, मंगलवार ०५:०८

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार २ हजार ४८८ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र १ हजार ४३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७४० जना पुगेको छ । पछिल्लो २४ घण्टामा १६५ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।